अन्तत वीरगंजमा सडक विस्तार हुने नै भयो ।

वीरगंजमा सडक विस्तार हुने

0 212

वीरगंज ।
वीरगंज महा नगरको मुख्य सडक अन्तत विस्तार हुने भएको छ । दुई दशक देखी सडक चौडा गर्ने चर्चा आए पनि कार्यन्व्य हुन सकेको थिएन । सडक डिभिजन कार्यलय व्यापारिक मार्ग विस्तार आयोजनाले छठ पर्व पछी बाट सडक अतिक्रमण हटाई सडक विस्तार गर्ने निश्चित भएको हो ।
वीरगंजको गण्डक देखी मुख्य बजार हुदै वितेरी पुल सम्म सडकको मध्य विन्दु बाट दाया वाया २५÷२५ मिटर सडक विस्तार गरिने आयोजना प्रमुख संजय मिश्रले बताउनु भएको छ भने वीरगंज महानगर पालिका को मेयर विजय सरावगिले सडक विस्तार गर्दा आफनो समेत घर पर्ने भएकोले १५÷१५ मिटर मात्र सडक विस्तार गरिनु पर्ने मागं राख्दै आउनु भएको छ ।
वीरगंजको मुख्य सडक विस्तार गर्न सरकार समेत गंभिर भएको छ । विभागिय मंत्री र सचिवले समेत सडक विस्तार गर्न निर्देशन दिनु भएकोले सडक विस्तार कुनैपनि हालतमा नरोकिने आयोजना प्रमुख मिश्रले बताउनु भएको छ । मिश्रले विकासको आधार सडक भएको र वीरगंजको मुख्य सडक सांगुरो भएकोले विस्तार गर्न आवश्यक रहेको महानगरको बुध्दिजिविहरुको भनाई छ । यस पटक पनि सडक अतिक्रमण हटाएर विस्तार हुन नदिन षडयन्त्र भईरहेको छ । राजनितिक दलका नेताहरुलाई दवाव दिने काम पनि भईरहेको छ । वीरगंज उधोग वाणिज्य संघ समेत सडक विस्तार हुन नदिने पक्षमा उभिएको छ भने नेपाली काग्रेसले सडक विस्तारको सुरु देखी बिरोध गर्दै आईरहेको छ ।
वीरगंज महा नगरबासी सडक विस्तारको पक्षमा उभिएका छन । केहि व्यक्तिको स्वार्थको लागी विकासमा बाधा आउन नहुने उनिहरुको बुझाई छ । देशका अन्य शहरमा सडक विस्तार भईसकेको र वीरगंजमा भने सडक विस्तार सुन्यतामा मात्र सिमित रहदै आएको भन्दै महा नगर वासीले आलोचना गरेका छन । जुनसुकै हालतमा सडक विस्तार हुनु पर्ने नगरवासिको मांग रहेको छ ।

       

Leave A Reply

Your email address will not be published.