आजको राशिफल हेर्नुहोस्-MYTV

94

Mytvnepal.com।२०७७/०२/२०

मेष

दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

 

 

बृष

आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मिथुन

प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

कर्कट

आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

सिहं

अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कन्या

भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुला

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक

माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु

आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर

सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

कुम्भ

बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मीन

भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ ।

Comments
Loading...