आफ्नो तलब भत्ताको पैसाबाट सांसद प्रदिप यादवद्वारा स्कुललाई १५ थान पंखा सहयोग

0 65

विरगंज, ९ असोज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले आफ्नो तलब भत्ता वापतको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवालाई १५ थान पंखा सहयोग गरेका छन् ।

समाजवादी पार्टी नेपालका सांसद यादवले महानगरमा भएपनी २०१७ सालमै स्थापना भएको यस विद्यालय स्रोत साधनको पहुच बाहिर रहेकाले स्कुल पुगेका आफ्नो एक्लो तलब भत्ता कटौती गरी पंखा सहयोग गरेका हुन् ।

शैक्षिक मेला को बेला प्रमुख अतिथिकै रुपमा स्कुल पुगेका सांसद यादवले बस्तु स्तिथि हेरेपछि मंच बाटै स्कुलका बालबालिकाका लागि पंखा सहयोग गर्ने घोषणा गरेका थिए र सोहि वाचा पुरा गर्दै विहिबार सांसद प्रदिप यादवको अनुपस्थितिमा पार्टीका जिल्ला सदस्य सुन्दरकुर्मीको नेतृत्वमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम मिश्रालाई १५ थान पंखा हस्तनान्तरण गरेको सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले बताए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुण यादव, शिक्षकहरु अजय साह, मनोज चौरसिया, विजय चौरसिया, पदमा पौडेल व्यवस्थापन सदस्य मनदिस राउत अहिर, अब्दुल मियाँ लागायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.