उपप्रमुख कुश्मी देवीको नेतृत्वमा पकाहामैनपुर गाउँपालिकामा तालाबन्दी। MYTV

8,202
कृष्णा प्रसाद कुशवाहा
पकाहा मैनपुर गाउँपालिका
वीरगन्ज,०४ सावन । पर्साको पकाहामैनपुर गाँउपालिकामा उपाध्यक्ष कुस्मी देवीको नेतृत्वमा गएको  गाउँपालिका बासीहरुले  तालाबन्दी गरेका छन् । गाँउपालिका उपाध्यक्षको नेतृत्वमा स्थानीयले आइतवार गाउँ कार्यपालिकाकाे कार्यालय पकहा मैनपुरमा तालाबन्दी गरेका छन् ।

गाँउपालिका अध्यक्ष विजय कुमार  चौरसीयाले प्रमुख प्रशासकिय अधिकृत महेश सिंहसंग मिलेर गाँउपालिकाको बजेट हिनामिना गरेको आरोप लगाउदै गाँउपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
बर्षामा पनि जुलुशसहित गाँउपालिका कार्यालयमा पुगेकी उपप्रमुख कुश्मी र स्थानीयले तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले स्थानियहरुलाई तालाबन्दी गर्न राेकन खाेज्दा प्रहरी र  स्थानियहरु बिच ठेलमठेल, तनावग्रस्त स्थिति समेत भएकाे थियाे ।
साेही क्रममा उपाध्यक्ष कुशमी देवी घाइते समेत भएकाे वताइएकाे छ । उनकाे उपचार नारायणी अस्पताल वीरगंजमा भइरहेकाे छ ।र उनको अवस्था समान्य रहेको बताइएको छ।
असार ३१ गते भएको गाँउ सभा बहिष्कार गरेकी उपाध्यक्ष कुश्मीले गाँउपालिकाको आय व्यय विवरण समेत सार्वजनिक नगरि गाँउपालिका अध्यक्ष चौरसीयाले गाँउ सभा गरेकाले आफु बिराेधमा उत्रेकाे बताइन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विनियोजना गरिएको ९० लाख मध्ये ४० लाख मात्र खर्च भएको बाँकी ५० लाख अध्यक्ष चौरसीयाले हिनामिना गरेको उनको आरोप छ ।
गत आर्थिक वर्ष २०७६/०७७ मा इन्धनमा खर्च गरिएको ३० लाख, गाँउपालिकाको एम्बुलेन्स, जेसीबी र ठेक्कामा लागेको २ वटा पोखरीको आम्दानी पनि अध्यक्ष चौरसीयाले सार्वजनिक नगरि हिनामिना गरेको उपाध्यक्ष कुश्मी र स्थानीयको आरोप छ ।
कार्यपालिका बोर्ड बैठकमा आफु जादा बस्ने कुर्सी समेत अध्यक्ष चौरसीयाले हटाइ दिने गरेको उनले बताइन् ।
गाँउपालिकाको आम्दानी सार्वजनिक गर्न पटक पटक आग्रह गरे तर उनले मेरो कुरा सुन्दै सुनेन् , कुश्मी देवीले भनिन् ‘बोर्ड बैठकमा जादा मेरो कुर्सी नै फयाकी दिए, बोर्ड सदस्यहरुलाई मोबाइल बाडेर गाँउपरिषद गराए ।

गाँउपालिकाको आय व्यव विवरण जनताको बिचमा सार्वजनिक नगरिए सम्म तालाबन्दी जारी नै रहने उनले बताइन् ।
गाँउपालिका अध्यक्ष चौरसीयाले पैसाको बलमा गाँउपालिका चलाएको पकाहामैनपुर गाँउपालिका १ धोरेका युवा शीवजी सोनीले बताए ।
उनले भने , ‘गाँउपालिकामा अध्यक्ष चौरसीयाको ब्रम्हलुट छ, जति पनि रोडनालाको काम भएको छ त्यो सबैको ठेक्का उनका भाई भतिजा र भान्जाले लिएर गरेका छन् , जनताले सुचना माग्दा धम्क्याएर पठाइन्छ ।
सुचनाको हक प्रयोग गरेर बजेट खर्चको हिसाब किताब माग्दा पनि नपाएपछि बाध्य भएर गाँउपालिकामा तालाबन्दी गरिएको सोनीले बताए ।
पकाहा मैनपुर ४ का रामबाबु चौरसीयाले भने ,‘ जिल्लामै सबै भन्दा बढि भ्रष्टचार हाम्रै गाँउपालिकामा भएको छ, यहाका जनप्रतिनिधी जनताको लागि होइन आफ्नो सम्पति जोड्नमा मात्रै लागेका छन्, यिनीहरु सिंहदरबारका सिंह बनेका छन् ।
आराेप बारे अध्यक्ष चौरसीयासंग बुझ्न फाेनमा सम्पर्क गर्दा उनकाे दुईटा नम्बर अफ रहेकाे र एउटा नम्बरमा फाेन लाग्दा पनि फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

Comments
Loading...