एकै दिन भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु। माई टिभि नेपाल

96

भारत |’ भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको थियो।बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा भारतको बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जना गरी १०७ जनाको मृत्यु भएको थियो। यो घटना बिहीबारको हो। चट्याङ लागेर भएको क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन्।बीबीसीसँग उनले भनेका छन्, “अन्य सबै जिल्लामा भएका क्षतिबारे विवरण संकलन जारी छ। कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएकाे हुन सक्छ।”

Comments
Loading...