जिल्लाको १३ औं स्थानीय तहको रुपमा विन्दवासनी दिशामुक्त घोषणा

0 59

वीरगंज, भाद्र २७/ पर्सा जिल्लाको बिन्दवासिनी गाउंपालिका खुला दिशामुक्त क्षेत्र घोषित भएको छ ।

शुक्रवार विन्दवासनी गाउपालिका जिल्लाको १४ मध्ये १३ औं स्थानीय तहको रुपमा दिशामुक्त घोषणा भएको हो ।

झौवागुठीमा आयोजीत समारोहमा जिल्ला समन्वय समितीको अध्यक्ष नेक महमद मिया अंसारीले दिशामुक्त घोषणा गर्नु भयो ।

घोषण सभामा आफ्नो मन्तव्य राख्नु हुदै अंसारीले सरसफाइ सभ्यता ,संस्कृति र बिकास निर्माणको सूचकको रुपमा रहेको जनजन बाट यसलाई सघाउ पुर्याउन आग्ह गर्नु भयो ।

कार्यक्रममा वडा अध्यक्ष सागिर मियां, संजय चौहान, सलमा खातुन, संजय चौहान, हनिफ मिया, शिक्षाबिद प्रमोद तिवारी, रामजी चौहान, मुखलेश गद्दि, राजेश यादब लगायतले आ—आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा गाउंपालिकाको अध्यक्ष श्रीलाल साह कानुले बिकास र समृद्धिको लागि अव खुला दिशामुक्त संगै बाटो खुलेकोृ धारणा समेत राख्नुभएको थियो ।

कार्यक्रममा उहाले खुला दिशामुक्त अभियानमा सहयोग पुर्याउने संघ संस्था तथा बिभिन्न ब्यक्तिहरुलाई पालिकाको अध्यक्षले दोसल्ला तथा प्रमाणपत्रले सम्मान समेत गर्नुभएको थियो ।

कार्यक्रममा जनचेतना मुलक नाटक तथा गित समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम स्थलमा गर्दौल लगायतका असन्तुष्ट पक्षहरुले प्ले कार्ड सहित नारा जुलुस गरेपनि प्रहरीले उनीहरुलाई गेट बाहिर नै रोकेको हुनाले कुनै अप्रिय घटना भने हुन पाएन ।

Leave A Reply

Your email address will not be published.