ठोरीमा तीनदिन देखि अवरुद्ध रहेको टेलिफोन सेवा सुचारु गर्न नेपाली कांग्रेस पर्साको माग-MYTV

100
MyTvNepal.Com/२१ जेष्ठ
कृष्णा प्रसाद कुशवाहा

वीरगंज,२१ जेष्ठनेपाली कांग्रेस पर्साद्वारा ठोरीमा विगत तीन दिनदेखि अवरुद्ध रहेको टेलिफोन सेवा अविलम्ब सुचारु गर्न नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजमा ज्ञापनपत्र बुझाइएको छ ।

नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलको नेतुत्वमा आज गएको टोलीले नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगंजका निर्देशकलाई ठोरीमा टेलिफोन सेवा अवरुद्ध भएपछि त्यहाँका स्थानिय जनताले कठीनाई भोग्नु परेकोले अवरुद्ध रहेको टेलिफोन सेवा अविलम्ब सुचारु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सचिव पटेलले तत्काल सेवा सुचारु नगरिए नेपाली कांग्रेस पर्सा कडा कदम चाल्न बाध्य हुने समेत जानकारी गराउनु भएको हो ।

 

Comments
Loading...