थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि। माई टिभि नेपाल

77

MYTV
१६ आषाढ, काठमाडौं । नेपालमा आज मात्र ३१६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १९४ जना निको भएर घर फर्किएका छन्, भने २९ जनाको मृत्यु भइसकेको छ।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ६० जना घर फर्किएका छन्।

Comments
Loading...