दाइजो मांग गर्दै विवाहितालाई यातना

0 32

वीरगञ्ज । दाईजो मांग गर्दै बीरगन्ज रानिघाटको एक परिवारले बुहारीलाई चरम यातना दिएको छ ।

दाइजो नल्याएको भन्दै परिवारले विवाहितालाई गंभीर घाइते तुल्याएका छन् । बीरगन्ज महानगर १० रानिघाट निवासी गोबिन्द साहले दाइजो नल्याएको कारण श्रीमती रन्जु देवीलाई चरम यातना तथा कुटपिट गरि घाइते बनाएका हुन ।

घाइते रन्जुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । श्रीमान संगै ससुरो र सासुले समेत वर्षो देखी यातना दिने गरेको रन्जुको आरोप छ ।

रन्जुका दाजु मनोज प्रसाद साहले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । बहिनीलाई उस्को श्रीमान तथा परिवारका अन्य सदस्यले वर्षो देखी यातना दिदै आएको रन्जुका दाजु मनोज साहले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले घटनाको अनुसंधान भइरहेको र दोषीहरु माथी कार्यवाही हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.