दुधेश्वरनाध महादेव मन्दिरमा लाग्ने भाठा मेला कोरोनका कारण प्रभावित भएको छ । MYTV

280

कृष्णा प्रसाद कुशवाहा
पटेर्वासुगौली गाउँपालिका
MYTV
२६ असार, पटेर्वासुगौली गाउँपालिका । कोरोना भाइरसको महामारीले गर्दा पर्साको पटेर्वासुगौली गाउँपालिका–१ रामभौरीभाथामा लाग्ने बाबा दुधेशवरनाथको ‘साउने मेला’ प्रभावित भएको छ । विशेष गरी साउनमा दुग्धेश्वरनाथ महादेव मन्दिर भाथा धाममा ठूलो मेला लाग्ने गर्दछ । यो मेला पूरे सावन महिना सम्म लागेन गर्दछ।

विगतका वर्षमा साउन सुरु भएसँगै भाथामा मेला सुरु हुने गरेको थियो । नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहारबाट समेत हजारौंको संख्यामा भक्तजन काँवर बोकेर जल चढाउन आइपुग्थे । साउने सोमबार भाथा धाममा ज्यादै भिड लाग्ने गरेको थियो । यसवर्ष तिथि अनुसार साउन सुरु भइसकेको छ । श्रावन कृष्ण चतुर्थी लागि सक्दा समेत भाथा क्षेत्र सुनसान छ ।

हरेक वर्ष बैशाख महिनामा लाग्ने मेला समेत यस पटक लाग्न नसकेको मेला समितिले बताएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आदाभारका सूचना अनुसार मेला समितीको ४ जना मान्छे बाहेक कुनै पनि ब्यक्तिलाई राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने दिइएको छैन ।

 

Comments
Loading...