नक्कली लाईसेन्स बनाउने दुई जना पक्राउ

0 65

वीरगञ्ज,०९ असोेज । वडा प्रहरी कार्यालय श्रीपुरले नक्कली लाइसेन्स बनाउने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा विरगंज महानगरपालीका वडा नं ११ श्रीपुर बस्ने वर्ष ५० को मोहनलाल राउत कुर्मी र सोही ठाउ बस्ने वर्ष ४० को घनश्याम भण्डारी रहेका छन ।

वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले नक्कली सवारी चालक अनुमती पत्र बनाउन प्रयोग गरिएको कागजातहरु सहित दुवैजनालार्ई वीरगञ्ज बाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताउनु भयो ।

जिल्ला बारा कोल्हवी नगरपालीका वडा नं ४ प्रगति नगर बस्ने वर्ष २१ को रमेश चौधरीको द्य(अबतभनयचथ को नक्कली सवारी चालक अनुमति पत्र बनाएको उजुरी परेपछी दुवैजनालाई पक्राउ गरिएको प्रहरी निरिक्षक मल्लले बताउनु भयो ।

पक्राउ परेका दुवैजनालाई थप आवश्यक कार्यवाही तथा थप अनुशनधान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.