नागरिकता विधेयकको विरुद्धमा वीरगञ्जमा प्रदर्शन जारी । माई टिभि नेपाल

109

MYTV

वीरगन्ज, आषाढ १६ । सरकारले सदनमा पेश गरेको नागरिकता बिधेयक फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टीले मंगलबार वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जको स्वीमिङ पुलबाट सुरु भएको विरोध प्रदर्शन वीरगञ्जको विभिन्न भागको परिक्रमा पछि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।बर्षातको मौसम र कोभिडको माहामारीको बीचमा पनि समाजीक दूरीलाई अवज्ञा गर्दै ठूलो संख्यामा जनता समाजबादी पार्टीका नेता तथा कार्यकर्ताहरुको संलग्न प्रदर्शनमा रहेको थियो ।

घण्टाघरको कोणसभामा बोल्ने वक्ताहरुले सरकारले फेरि पनि मधेशी समुदामाथि अन्याय गर्ने मधेशी लाई हेप्न नागरिकता विधेयक ल्याएको आरोप लगाए । कोणसभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर एवं जसपा नेता विजय कुमार सरावगीले केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।विरोधसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधेयकले बुहारीमाथि अन्याय गर्ने बताए ।

संविधान सभा सदस्य एवं जसपा नेतृ करिमा बेगमले महिला तथा मधेसिका साथ सरकारले फेरि विभेद गर्ने गरि कानुन बनाउन लागेको प्रति आपत्ति जनाइन् ।विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको उनीहरुको आरोप छ ।

विरोध प्रदर्शनमा माननीय सांसदहरु, प्रदेश सभाका सदस्यहरु, बीरगंज महानगरपालिका नगरप्रमुुख बिजय कुमार सरावगी लगायत स्थानीय तहका जनप्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो ।

Comments
Loading...