नेपाल सरकारको बाधयात्मक व्यवस्थाले मजदुरहरु मारमा ः सांसद प्रदिप यादव

करको भार थुपारि उधोग नै धराशायी बनाउने खेल

0 55

पर्सा/ गरिब मजदुरलाई समेत अनिवार्य रुपमा व्यक्तिगत प्यान लिनुपर्ने बाध्यात्मक व्यवस्थाले मजदुरहरु अन्यायमा परेको सांसद प्रदिप यादवले बताएका छन् ।

वीरगंजको होटल मकालुमा आयोजित प्रविधि तथा सामाजिक विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नेपाल सरकारले ल्याएको अर्थ व्यवस्था सृद्धिढ जस्ता नितिले घरेलु उत्पादकहरु मारमा परेको छ ।

उनले भने, जो आजसम्म बैंक नै गएका छैनन् ति मजदुर कहाँबाट प्यान लिन जाउन पछिल्लो समय अनलाईन बिलिङ्ग प्रणाली ईट्टा उधोगहरुमा के काम ? अर्थमन्त्री समक्ष प्रश्न गर्दै उनले ग्रामिण बस्तीमा राम्रोसंग विजुलि बतिको व्यवस्था नभएको अवस्थामा ईन्टरनेटबाट हुने अनलाई बिलिङ्गको काम कसरी गर्ने ? पर्सा क्षेत्र नम्बर एक का सांसद समेत रहेका सांसद यादवले जनता मारा करले सरकारले ५ लाख युवालाई रोजगारी दिने लक्ष्यलाई बाधा पुग्ने उनको ठहर थियो ।

स्थानीय उत्पादक उधोगी व्यापारीहरुलाई विभिन्न बहानामा करको भार थुपारि उधोग नै धराशायी बनाउने खेलले देश अग्रगति तर्फ लम्कन नसक्ने उनको भनाई थियो ।

यसैगरी उनले हिजोको दिन भन्दा अहिले ईट्टा उधोगमा बाल मजदुर जस्ता समस्या नरहेकाले बेमौसमी पानीले ईट्टा उधोगीहरुलाई हुने नोक्सानीमा नेपाल सरकारले क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । जनताको सदैव साथमा आफु रहेकाले जनताको समस्या समाधानका लागी आफु सांसदमा समेत अवाज उठाईरहने बताएका थिए ।

बारा पर्सा इटा उधोग व्यवसायी संघका अध्यक्ष असर्फी प्रसाद जयसवालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल इटा उधोग महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बहादुर चित्रकार, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य मञ्जुर आलम, पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादव, पोखरिया नगरपालिकाका मेयर दीप नारायण प्रसाद रौनियार लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.