पर्साको छिपहरमाईमा २ जना सहित आलुको बोराबाट रुपैयाँ बरामद | माई टिभि नेपाल

254

कृष्णा प्रसाद कुशवाहा
पर्सा , १२ आषाढ
भिस्वा – सशत्र प्रहरी आउट वोर्डर पोष्ट छिपहरमाई भिस्वाको टोलीले ३ लाख ७५ हजार अबैध रकम सहित २ जनालाई पक्राउ गरेको छ । आलुको बोरामा लुकाइ नेपाल भित्रयाउँन लागिएको रकम चेकजाँचको क्रममा सशत्र प्रहरीको टोलीले बुढगाई नजिकैबाट बरामद गरेको हो ।

पैसा बोक्नेहरुले रकमको स्रोत खुलाउँन नसके पछि उनीहरुलाई पक्राउ गरिएको सशत्र प्रहरी निरिक्षक हरि पराजुलीले बताउनु भयो ।निजहरुकाे साथबाट नेपाली रुपैयाँ १०००, ५००, १००, ५०, २०, १०, ५ काे नाेट गरी कुल ३ लाख ५५ हजार बरामद भएकाे उनले जानकारी गराए ।


पक्राउ पर्नेहरुमा छिपहरमाई गाउँपालिका वडा नं. २ चरगाहा निवासी ३३ बर्षिय जन्मजय यादव र सो स्थान वस्ने १९ बर्षिय रन्जय वैठा रहेको सशत्र प्रहरी निरिक्षक पराजुलीले वताउनु भयो ।
निजहरुले प्रयाेग गरेकाे बिआर २२ भि ३८२५ भारतिय नम्बरकाे हुण्डा एसपी साइन माेटर साइकलसहित दुबै जनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएकाे प्रहरी निरिक्षक पराजुलीले जनाए ।

Comments
Loading...