पोखरीया नगरपालिका को कार्यालयमा विद्युत सर्ट हुँदा आगलागी ।

209

 

 वीरगन्ज । पर्साको पोखरीया नगरपालिका को वडा नम्बर ०४ मा रहेको पोखरीया नगरपालिका को कार्यालयमा विद्युत सर्ट सर्किट हुँदा आगो लागेको हो ।

पोखरीया नरपालिकाको कार्यालय मा भएको भिषण आगलागी ३० मीनेट पछि नियन्त्रण मा आएको थियो।प्रहरी को प्रम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट सर्किट भई सभा हाल मा आगो लागेको हो । आज बिहान करिब ११:३० बजे सर्ट सर्किट भएर आगो लागेको थियो । सो आगो नगरपालिका को माथिलो तला मा रहेको सभा हाल मा लागेको हो।आगो बाट जलेर सभा हाल मा राखेको ९ वटा बट्री , इनभटर , यु पी एस, १ वटा १ एसी र झ्याल ढोका समेत नष्ट भएको छ ।

 

सो आगो नगरपालिका को दमकल ,शास्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीय को सहभाकिता मा नियन्त्रण लिइएको पोखरीया ईलाका प्रहरी कार्यालय का प्रहरी निरीक्षक चन्द्र सिंह ले बताउनु भएको छ।

 

 

Comments
Loading...