पर्साको बिन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि-MYTV

145

कृष्णा प्रसाद कुशवाहा।वीरगञ्ज।२१ जेष्ठ । भारतको हरियाणाबाट फर्केका पर्साको ३४ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण(कोभिड-१९) पुष्टि भएको छ ।

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा गुठी स्थित रामप्रित रामस्वरुप चौरसिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ती व्यक्तिमा संक्रमण भएको गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (उर्फ मोदी)ले जानकारी दिए ।

भेटिएका संक्रमित भारतको हरियाणामा कपडाको सिलाई कटाईको काम गर्दै आएको अध्यक्ष मोदीले बताए । उनी जेठ १४ गते भारतबाट वीरगञ्ज रक्सौल नाका भएर नेपाल भित्रिएका थिए । १६ गते स्वाव सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मोदीले जानकारी दिए ।

संक्रमण पुष्टि भएसँगै उनलाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको कोरोना भाइरस विशेष अस्थायी अस्पताल गण्डकमा भर्ना गरिएको छ । भने गाउँपालिका अध्यक्ष श्रीलाल साह ले बताउनु भयो।

Comments
Loading...