पर्साको भिस्वामा प्रदर्शनकाे बिषयलाई लिएर दुई पक्ष बिच झडप, ९ जना घाइते | माई टिभि नेपाल

109

कृष्णा प्रसाद कुशवाहा
भिस्वा पर्सा , आषाढ ११
भिस्वा । पर्साकाे छिपहरमाई गाउँपालिकाको वडा नं. ५ भिस्वामा बिहिबार दुई पक्ष बिच झडप भएकाे छ । बुधबार सांझ भिस्वामा भएकाे प्रदर्शनकाे बिषयलाई लिएर वडा अध्यक्ष माैजिलाल साह कानु र रंजित साहको पक्ष बिच झडप भएकाे प्रहरीले जनाएकाे छ ।

झडपमा वडा अध्यक्ष मौजिलाल सहा पक्षकाे उदय साह, बिकी साह, दिपक साह, बिर्जभुसन साह र रंजित साह पक्षकाे बिटु साह, अजित साह, अजय साह, बिरेन्दर साह, बलिराम साह घाइते भएका छन् ।

घाइतेहरुकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

बुधबार सशस्त्र प्रहरीले घाइते मध्येका बिरेन्द्र साहको छाेरा अजय साह सहितका २ युवकलाई कुटपिट गरेकाे थियाे । साेही कुटपिटकाे विरुद्धमा स्थानिय युवाहरु बुधबार सांझ नै टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकाे क्रममा युवाहरु गाउँपालिका अध्यक्ष मनाेज गुप्ता मुर्दाबादकाे नारा पनि लगाएका थिए ।

साेही बिषयलाई लिएर वडाध्यक्ष माैजिलाल साहको पक्ष र प्रदर्शन गर्ने युवाहरु बिच बुधबार सांझ पनि विवाद भएकाे थियाे । वडा अध्यक्ष को पक्षले जनप्रतिनिधि विरुद्ध किन नारा लगाएकाे भन्दै विवाद गरेका थिए । तर साे समय विवाद सुल्झे पनि बिहिबार विहान साेही बिषयलाई लिएर रंजित साह र बिरेन्द्र साह बाटाे भएर गइरहेकाे अवस्थामा माैजिलाल पक्षले आक्रमण गर्दा झडप भएकाे स्थानियहरुले वताएका छन् ।

Comments
Loading...