पर्साको सखुवा प्रसौनी गाउँपालिकाको गाउँ सभा उदघाटनमै मात्र सिमित| माई टिभि नेपाल

176

MYTV
वीरगञ्ज,१६ आषाढ | पर्साको सखुवा प्रसौनी गाउँपालिकाको गाउँ सभा उदघाटनमै सिमित भएको छ | सबै स्थानीय तहले आषाढ १० गते भित्रमा आर्थिक वर्ष २०७७/०७८ को गाउ सभा सम्पन्न गर्ने प्रावधान भएकोमा गाउपालिका अध्यक्ष प्रदिप जैसवालको अपारदर्शीताको कारणले सभा स्थगित भएको छ |


असार १४ गते गाउ सभा बोलाईएकोमा सम्पूर्ण सदस्यहरु उपस्थित भइ सभा संचालन हुदा सभामा खर्चको बिल सार्वजनिक गरिएको थियो उक्त बिलमा सेनेटाईजर १०० ml वितरण हुदा ५०० ml को बिल भरपाई किन र केकलागी बनाइएको छ ? बिगतका आय-व्यय, नीति नियम र ऐन कानुन के के बने छ सार्वजनीकिकरण गर्न, के के सामग्री खरिद भएको छ, कन्टजेंसी के कति छ, कोभिड र राहतमा के कति खर्च भएको छ सो को बिबरण दिन एवं जमुनिया खोला र पोखरीमा के कति राजस्व उठेको छ सो को जानकारी माग गरिएकोमा गाउँपालिका अध्यक्ष प्रदीप जैसवालले जानकारी नदिई आलटाल गरि आगाडी बढ्न खोजिएकोमा सोको बिरोध पश्चात भोलि १५ गते सभा बस्ने सर्तमा बिना निस्कर्ष टुंगिएको थियो |


भोलि पल्ट १५ गते सभाको लागि बोलाईएको भए पनि सम्पूर्ण सभा सदस्य उपस्थित भए पनि गापा अध्यक्ष जैसवाल अनुपस्थित हुदा यसपालिको गाउ सभा यहि रवैयामा तत्काल नहुने गाउँ सभा सदस्य धर्मराज साहले बताएका छन् |
कोभिड-१९ बाट पुरा विश्वनै अक्रांत भएको मोका छोपी कोभिड-१९ व्यवस्थापन र राहत खरिदमा व्यापक अनियमितता गरि हाल सम्म मात्र १५ के.जी. राहत वितरण गरेको र जनतालाई बिभिन्न झुठा अस्वासन दिई राहत नबाडेकोमा दुई पटक गाउपालिकामा ताला समेत लागेको थियो भने करोनटाईनलाइ व्यवस्थित नगरी खोसी काटी भोज भतेर गरि ठुला बडालाई भोज खुवाई मोज मस्ती गरेको र गरिब, असहाय एवम दिन दुखिलाई भोकै राखेकोमा पुरै हिसाब किताब मांग गरिएको सभा सदस्य प्रदिप चौधरीले बताएका छन् |


गाउपलिका अध्यक्ष जैसवालले एकलौटी पाराले गाउपलिका चलाउन खोजेको र सामाजिक, स्वास्थ्य एवं योजनाको कर्मचारी संगको मिलोमतोमा व्यापक भ्रस्टाचार गरि गाउपलिकालाई बदनाम गराई हैकमवादी पाराले गाउ सभा गराउन खोजेलोमा सोको बिरोध गरिएको सभा सदस्य पारस महतोले बताएका छन् |
बिगतको समयमा सखुवा प्रसौनी गाउपलिका ५ नं. वडा महुवन आफ्नै वडामा २ करोडको कालोपत्रे, ७० लाखको नाला, ५० लाखको मन्दिर, बिधालय र तालिम गोष्ठीमा बढी रकम छुट्याई अरु वडासंग सौतेली व्यवहार गरेको र महुवन वडा बाहेकको बाकी सबै वडाको शिक्षा, स्वास्थ्य, सिचाई, बाटोघाटो एकदमै दैनिय रहेकोमा सो तिर धयान नदिएकोले अब सम्पूर्ण बजेटको वडा स्तरमा सहि अनुपातले बिनियोजन गरि अगाडी बढ्ने सहमति गरे मात्र सभा संचालन हुने सभा सदस्य इनरदेव महतोले बताएका छन् |

Comments
Loading...