पर्सामा व्यापार व्यवसाय सञ्चालनका लागि जाेर विजाेर प्रणाली- MYTV

96
Mytvnepal.com/२१ जेष्ठ
कृष्णा प्रसाद कुशवाहा

जेष्ठ २१।वीरगञ्ज : पर्सामा व्यापार व्यवसाय सञ्चालनका लागि जाेर विजाेर प्रणाली अपनाइएकाे छ ।

बुधबार साँझ जिल्ला प्रशासन कार्यालय पर्साले एक विज्ञप्ती जारी गर्दै जाेर विजाेर गते का आधारमा व्यापार व्यवसाय सञ्चालन गर्न अनुमती दिएकाे हाे ।

औषधि, बैंक तथा वितिय संस्था नियमित रूपमा खुलने छन् । यस बाहेकका व्यापार व्यवसाय भने जाेर विजाेर गतेका आधारमा सञ्चालन गरिने छ ।

खाद्य, आलु, प्याज, दुग्ध जस्ता सामाग्री तथा फलफुल र तरकारी विक्रि गर्ने पसल दैनिक रूपमा बिहान ५ बजेदेखि ९ बजेसम्म खुल्ने छ । त्यस्तै रेडिमेड, कपडा, इलेक्ट्राेनिक्स, कस्मेटिकका पसलहरू जाेर गतेका अनुसार खुल्ने छन् ।

त्यस्तै साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्टस, सुनचाँदी, फर्निचरका पसल भने विजाेर गतेका दिन खुल्नेछन् ।

यसैबिच माछा, कुखुरा, कुखुराकाे दाना, बिउ, मल, सिमेन्ट, काेइला, डण्डी, जस्तापाता लगायतका पसल भने दैनिक साँझ ७ बजेपछि खाेल्न दिइने निर्णय भएकाे छ ।

तर, सिनेमा हल, हाेटेल, रेस्टुरेण्ट, सार्वजनिक बस, रिक्शा, टेम्पु लगायतका सबै सेवाहरू पुर्ण रूपमा बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जनाएका छन् ।

Comments
Loading...