पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको सडक मै धान रोपेर बिरोध प्रदर्शन। MYTV

1,042

कृष्णा प्रसाद कुशवाहा
MYTV
वीरगन्ज,२४ असार l पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको वडा नं. ०५ भिस्वाका गाउँबासीहरुले पकहा मैनपुर गाउँपालिका देखि भिस्वा जाने सडकमा धान रोपेर बिरोध प्रदर्शन गरेका छन् । मनसुन सुरु भए देखि नै वीरगन्ज भिस्वा जोडने मुख्य सडक हिलो भएर अवरुद्ध भए पछि बाध्य भएर स्थानियहरुले सडममा धान रोपेको वताएका छन् । सडक मर्मतमा स्थानिय सरकारका गाउँपालिका अध्यक्ष ,वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुले ध्यान नदिएको स्थानियहरुको गुनासो छ ।

स्थानियपालिकाले निर्माण गरेको नाला पनि सडक भन्दा तीन फिट माथी बनाएको तथा सडकको उच्चाई नबढाइएको वताउँदै पानीको पनि उचित निकास हुन नसकेको कारण हिलो हुने स्थानियहरुको भनाई छ ।

गाउँमा दुई पाङ्ग्रे,तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका साधन तथा एम्बुलेन्स लगायतको सवारीका सधानहरु समेत छिर्न सक्ने अवस्था नरहेको वताउँदै विगत लामो समय देखि स्थानिय जनताहरु तथा गाउँपालिकाका कर्मचारीहरु समेत वैकल्पिक बाटोको प्रयोग गर्दै आएको स्थानिय युवा अभियन्ता अशोक कुशवाहाले वताउनु भयो । उनले गाउँपालिकाका जनप्रतिनिधिहरुले जनताको दुःख बुझन नसकेको समेत आरोप लगाउनु भयो ।

यस विषयमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तासंग भुझन को लागि फोन गर्दा उहाँले फोन उठाउनु भएन।

Comments
Loading...