पर्सा प्रहरीद्वारा ठुलो मात्रामा ब्रोइलर कुखुराको चल्ला बरामद

0 128

वीरगञ्ज,०७ असोज । अवैध रुपमा भारत बाट नेपाल तर्फ भित्रयाउन लागिएको प्रतिबन्धीत भारतीय कुखुराको चल्ला पर्सा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी अरमपट्टी बाट खटिएको संयुक्त प्रहरी टोलीले झौवा स्थीत सडक बाट ५ हजार ५ सय ४४ गोटा ब्रोइलर कुखुराको चल्ला बरामद गरेको हो ।

बिन्दवासिनी गाउपालीका वडा नम्बर ४ अमरपट्टी स्थित सडकमा ३ र ४ जनाको समुहमा रहेको मानिसहरुले भारतबाट नेपाल तर्फ टाउकोमा बोकी ल्याउदै गरेको ब्रोईलर कुखुराको चल्ला ५हजार ५ सय ४४ गोटा प्रहरी टोलीलाई देखि फाली भागेको पर्सा प्रहरीले जनाएको छ ।

कुखुराको चल्ला बरामद गरी आवश्यक कारवाहिको लागी पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया, पर्सा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.