प्रहरी निरिक्षक कुशवाहा कडा एक्शनमा : गाँजा तस्करलाई गोली हानेर गरे पक्राउ

0 209

वीरगञ्ज,०७ असोज । इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरका प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाले गोली हानेर गाँजा तस्करलाई पक्राउ गरेका छन ।

गैर कानुनी कार्य बर्दास्त नगर्ने निडर प्रहरी अफीसरको रुपमा चिनीने प्रहरी निरिक्षक कुशवाहाले लागुऔषध गाँजा तस्करलाई पक्राउ गर्न दुई राउण्ड गोली प्रहार गरेर तस्करलाई पक्राउ गरेका हुन ।

पक्राउ पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका २९ का अफ्रिका चौधरी रहेका छन् ।

चेकजाचका क्रममा प्रहरी जवान समेतलाई गाडीमै भगाएर जंगलतर्फ लगिरहेको चौधरीलाई पक्राउ गर्न प्रहरी निरिक्षक कुशवाहाले दुई राउण्ड गोली प्रहार गरेर चौधरीलाई नियन्त्रणमा लिएका थिए ।

हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकलाई चेकजाचका लागी रोकीएको थियो गाडी भित्र केही छकी भनेर चेकजाच गर्ने क्रममा प्रहरी जवानलाई समेत लिएर चौधरीले भागेका थिए प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो ।

ट्रकलाई पिछा गर्ने क्रममा चुरीयामाईको जंगलमा रोड साइडमा गाडी रोकेर प्रहरी जवानलाई जबरजस्ती लछारपछार गर्दै जंगल भित्र लगिरहेको अवस्थामा गोली प्रहार गरेर नियन्त्रणमा लिइएको थियो प्रहरी निरिक्षक कुशवाहाले भने ।

ट्रकको क्याविनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । घटनामा दुईजना प्रहरी समेत घाइते भएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.