बाराको कलैया उपहानगरपालिकाको वडा नंवर ३ को बाटोमै रोपियो धान| माई टिभि नेपाल

204

MYTV
बारा, आषाढ १२
बारा | बारा जिल्लाको बाटो हिलो भएपछि स्थानियहरुले बाटोमै धान रोपाई गरेका छन् । लगातार २ दिनको अविरल वर्षाले बाराको कलैया सडक खण्डमा हिलो भएपछि स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने बाटोमा धान रोपिएर विरोध गरेका छन् । बुधवार राती मात्र परेको पानीले कलैया आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुर्दा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ नितनपुर सडक खण्डमा पर्ने भवानिपुर स्थित आयुर्वेद अस्पताल नजिक दुई दर्जन भन्दा बढि मानिसहरू बाटोमै धान रोपी सांकेतिक विरोध गरेका छन । सडक समस्याहरुको पहिचान तथा तत्काल समस्या समाधानको लागि उक्त सांकेतिक बिरोध गरेको स्थानीयले बताए । पानि पर्दा एम्बुलेनस समेत आवतजावत गर्न समस्या भएको भन्दै बिरोध गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनको लागि रोपाई गराएका छन ।

Comments
Loading...