बाल दिवसमा मदर्शाका बालबालिकालाई सामग्री वितरण

0 119

पोखरिया , भाद्र २९ गते । पर्साको पोखरिया नगरपालिका ४ स्थित आजाद मर्दशा तालिमुल कुरानमा अध्यनरत वालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

आइतवार बाल दिवशको अवसरमा पोखरिया नगरपालिका ५मा रहेको युवा विकाश नेपालले मदर्शाका बालबालिका लाई शैक्षिक सामग्री वितरण गरेको हो ।

संस्थाका अध्यक्ष राजु रौनियारको सभापतित्वमा भएको कार्यक्रममा मदर्शामा अध्यनरत ७५ जना बालबालिकालाई कपी, कलम, रबर, पेन्सील लगायतका साम्री तथा खाजा वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका सचिव म.गन्नी अंसारी, कोषाध्यक्ष रवि रौनियार, सल्लाहकार बृजेश द्घिवेदी, मदर्शाका खैरुल्लाह आलम, मुन्ना खुरैशी, राजेश्वर ठाकुर, मुस्तुफा मियां लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.