बीरगंज महानगर सहित पर्सा जिल्ला खुल्ला दिशा मुक्त घोषणा ।

बीरगंज महानगर सहित पर्सा जिल्ला खुल्ला दिशा मुक्त घोषणा ।

0 66

????????????????????????????????????

बीरगंज २८ भदौ ।
वीरगंज महा नगर पालिका सहित पर्सा जिल्ला पुर्ण खुल्ला दिशा मुक्त घोषण भएको छ ।

वीरगंज नगर सभा गृहमा आयोजित संयुक्त सभामा महा नगर र पर्सा जिल्ला खुल्ला दिशा मुक्त घोषण गरिएको हो ।

वीरगंज महानगरपालिका वडा नंंं.१, १५, १९, २३, २५, २७ लाई खुल्ला दिशा मुक्त भएको घोषणा वीरगंज महा नगरपालिका मेयर विजय सरावगिले गर्नु भएको थियो ।

त्यसै गरी महा नगरपालिका खुल्ला दिशा मुक्त घोषणा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहमद अन्सारीले गर्नु भएको थियो भने पर्सा जिल्ला खुल्ला दिशा मुक्त भएको घोषणा पर्सा जिल्ला क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले गर्नु भएको थियो ।

जिल्ला समन्वय समिती पर्साका अध्यक्ष नेकमहमद अन्सारी र वीरगंज महा नगरपालिका का मेयर विजय सरावगीले संयुक्त रुपमा अध्यक्षता गर्नु भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं.२ का मुख्यमंत्री लालबाबु राउत गदि रहनु भएको थियो ।

विशिष्ट अतिथिहरुमा प्रतिनिधी सभाका सदस्य प्रदिप यादव, हरिनारायण रौनियार, प्रदेश सभाका सदस्यहरु शेषचांद तारा, पुष्पा कर्ण, शक्तिनारायण मंडल, जन्नत अन्सारी, रमेश पटेल, राजेश्वर प्रसाद साह, करुणा देवी, मंजुर अंसारी, सिंहासंत कलवार, शंकर चौधरी, आशिया देवी चौधरी, भिमा यादव, अन्जु यादव लगायत कार्यालय प्रमुखहरु विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा खुल्ला दिशा मुक्त घोषणाको लागी सहयोग गर्ने संघ संस्था तथा व्यतिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल भोजपुरी समाजका कलाकारहरुले रोचक गित नृत्य प्रस्तुत गरेका थिए । सभाहुनु अगाडि वीरगंज नगरमा चेतनामुलक झांकिको आयोजना समेत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.