बीरगन्जमा अख्तियारको छापा, १ लाख घुस लिने प्रअ सहित ६ पक्राउ

0 72

वीरगन्ज । अख्तियारले बीरगन्जमा छापामारी एक प्रधानाध्यापक सहित ६ जना लाई नियंत्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले वीरगन्जको घण्टाघर नजिकै गजुरेल गल्लीको एक होटलमा छापामारी गरि प्रधानाध्यापक सहित ६ जना लाई नियंत्रणमा लिएको हो ।

वीरगन्ज ३१ वेल्वा प्रसौनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्दर कुमार कापर सहित ६ जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउँपालिका वडा नम्बर १ का मनिर मियाँ, शिक्षक जितपुर सिमरा नगरपालिका वडा नम्बर १० का सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वीरगन्ज ३१ वेल्वाकै ईलियास मियाँ अन्सारी, सदिया खातुनका श्रीमान् जमिल मियाँ र नजमुदिन मियाँ देवान रहेका छन् ।

विद्यालयले गणित शिक्षककोलागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो । तर अनुदानको कोटामा समेत नियुक्त गर्न एक जनासँग १ लाख घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको आयोग हेटौडाका अधिकृत नर बहादुर चन्दले बताए । पक्राउ परेका ६ जनालाई आवश्यक अनुसन्धानको लागि हेटौडा लगिएको छ ।

Leave A Reply

Your email address will not be published.