मरेको गाई माथी पनि राजनिती

0 56

वीरगञ्ज,२५ भाद्र ।

कृष्णा यादव/पर्सा जिल्लाको बहुदरमाई नगरपालीका वाड नम्बर २ का वडा अध्यक्षले गाई मरेको भनी प्रमाणीकरण नगरिदिएको कारण किशानले पाउनु पर्ने विमाको रकमबाट बञ्चीत हुनु परेको छ ।

स्थानीय किशान भिखारी राउत अहिरले पालीएको गाईको काल गतिले मृत्यु भएको थियो ।

किशान राउतले गाईको विमा गरेको कारण वडा अध्यक्षले गाई मरेको प्रमाणीत गरि दिए विमा वापतको रकम पाउने थिए ।

बहुदरमाई नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र प्रसाद पटेलले तिमी मेरो पार्टीको मान्छे होइन तिमीले मलाई भोट दिएको छैन भनी गाई मरेको प्रमाणीत नगरिदिएको पिडीत किशानले बताएका छन ।

पिडीत किशान अहिर मेयर नितेन्द्र साह समेतलाई गुहार्न पुगेका थिए । मेयर साहले समेत गाई मरेको सिफारीस गर्न अस्वीकार गरेको अहिरले गुनासो गरे ।

कृष्णा पशुपालन फर्म संचालन गरेका अहिरले १ लाख ५० हजारमा खरिद गरी विमा समेत गरेका थिए ।

गत भदौ १९ गते गाई मरेकोले विमा वापतको रकम लिन वडा बाट प्रमाणीत गराउन जादा हाल सम्म वडा अध्यक्षले प्रमाणीत नगरिदिएको कारण अहिरले पाउनु पर्ने विमाको रकमबाट वञ्चीत हुनु परेको छ ।

Leave A Reply

Your email address will not be published.