मेयरको दुष्ट मानसिकताका कारण बहुदरमाई नपाको शिक्षा क्षेत्र ध्वस्त—शिव पटेल

0 350

वीरगञ्ज,२५ भाद्र ।
कृष्णा यादव /बहुदरमाई नगरपालीकाका मेयर नितेन्द्र साहको दुष्ट मानसिकताको कारण त्यस क्षेत्र भित्र रहेका शैक्षीक संस्थाहरु ध्वस्त बन्दै गएको र अध्यनरत छात्र छात्राहरुको जिवन चौपट भइरहेको नगर प्रमुखका प्रत्यासी राजपाका नेता शिव पटेलले बताउनु भएको छ ।

विधालयमा शिक्षकको अभाव शैक्षीक समाग्रीको असन्तुलन वितरण,सौचालयको व्यवस्थापन लगाएतका विषय लिएर आन्दोलीत बहुदर माई नपा स्थीत श्री नेपाल राष्ट्रिय माध्यमीक विधालय बहुअरी पिडरी र महावीर साह माध्मीक विधालय नगरदाहाका पिडीत विधार्थीहरु संग आज प्रत्यक्ष भेटघाट र समस्या बुझन् विधालय पुगेका नेता पटेल अब असह्य भयो नगर प्रमुखले विधालयको समस्या अविलम्ब समाधान नगरे अब आफु र आफनो पार्टी पिडीत विधार्थीहरुको लागी नगर प्रमुख विरुद्ध आन्दोलन गर्न बाध्य हुने बताउनु भयो ।

माध्यमीक विधालयको ९ र १० कक्षामा २५० विधार्थी अध्यनरत छन,छव महिना भइसक्यो १ जना मात्र शिक्षक छन हामी कसरी पढने कस्ले पढाउने—छव महिना बिती सक्यो पुस्तक पाएको छैन भने प्रतिप्रस्न गर्दै पिडीत विधार्थीहरुले पटक पटक नगर प्रमुखलाई जानकारी गराउदा वहाले आशवासन दिने गरेको तर समस्याको समाधान नगरेकोले आफुहरु विचलीत बन्न पुगेको विधार्थीहरु गुनासो गरेका थिए ।

नगर क्षेत्र भित्रको सम्पुर्ण विधालयको व्यवस्थापन स्थानीय सरकारले गर्ने अधिकार हुदा हुदै पनि यहाका विधालय व्यवस्थापन समितीहरु गठन नहुनु शैक्षीक क्षेत्रमा वितण्डा मचाउने नगर प्रमुखले चाडै समस्या समाधान नगरे अब हामी नगरपालीका कार्यालय ठप्प पार्ने चेतावनी दिदै पिडीत विधार्थीहरुले यस कार्यमा सहयोग गर्ने नेता पटेललाई आग्रह गरेका थिए ।

पाच महिना देखी निरन्तर नगर प्रमुखलाई जानकारी गराउदा समेत नगर प्रमुखले वास्ता नगरेको कारण यस विधालयमा अध्यनरत करिब २५० विधार्थीको भविष्य खराब भइरहेको महावीर साह मावीका प्रधानाध्यापक मनेन्द्र प्रसाद पण्डितले बताउनु भयो ।

श्री ने रा मावी बहुअरी पिडारीका विधार्थीहरुले हिजो शिक्षकहरुलाई विधालय परिसर भित्रै थुनी नगरपालीका परिसर अगाडी तोडफोड गरेका थिए ।

विगत १० वर्ष देखी विघटीत विधालय व्यवस्थापन समितीको अभाव र नगर प्रमुखको आदेश अनुसार आज एक शिक्षक देउकी केसीलाई शिक्षा समितीका पदाधिकारीहरुको रोहबरमा हाजीर गराउदा समेत आफुलाई नगर प्रमुखले धमकी दिएको श्री नेरा मावी बहुअरी पिडारीका प्रधानाध्यापक सुधाकर उपाध्यायले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.