लायन्स क्लबको पदस्थापन कार्यक्रम सम्पन्न

0 51

वीरगञ्ज -वीरगञ्ज सिमरा दश लायन्स क्लब तथा लियो क्लबहरुको वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स तथा लियो क्लबको संयुक्त आयोजना रहेको कार्यक्रमको सभापतित्व लायन्स उमेश शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथी पुर्व अन्तराष्ट्रिय डाइरेक्टर संजय खेतान रहनु भएको थियो ।

सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई,डिस्ट्रीक गभर्नर अनुप पराई लगाएत अतिथी रहनु भएको थियो ।

सो पदस्थापन कार्यक्रममा वर्तमान सभापतिले नवनिर्वाचीत रमेश अग्रवाललाई पदस्थापन गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ आदर्शनगर,ग्रिन सेन्ट्रल,सेन्ट्रल सिटी,जितपुर सिमरा मिलिनियम,गोल्डेन स्पारो र वोमेन सिटी को सहभागीता रहेको थियो ।

निवर्तमान सभापति उमेश शर्माले नवनिर्वाचीत सभापति लगाएतका टिमलाई धन्यबाद दिदै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.