विप्लव समुहका कार्यकर्ता फिल्मी शैलीमा पक्राउ ।

विप्लव समुहका कार्यकर्ता फिल्मी शैलीमा पक्राउ ।

0 71

वीरगंज २७ भदौ ।
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकतालाई बारा प्रहरीले वीरगंजबाट फिल्मी शैलीमा पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जितपुर बाराका ईन्चार्ज प्रहरी नायब निरिक्षक सागर राणको नेतृत्वमा रहेको सादा पोसाकमा रहेका प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१३ तेजारथटोल स्थित किरण सिंहको घरबाट आज विहान ने.क.पा. विप्लब समूहका बारा का सेक्रेट्री अतिस मिश्रलाई नियन्त्रणमा लिएर लगेको स्थानियले बताएका छन् ।
पर्साको तेजारथटोल घर भएका विप्लव समूहका मिश्र वीरगंज तेजारथ टोल स्थित आफ्नो श्रीमतीको दिदीको घरमा लुकिछिपी बस्दै आएका थिए ।
विशेष सुराकीको आधारमा प्र.ना.नी राणाको नेतृत्वको टोलीले मिश्रालाई नियन्त्रणमा लिएर गोप्य रुपमा बारा जिल्ला लिएर गएको थियो ।

Leave A Reply

Your email address will not be published.