वीरगञ्जको ट्राफीक व्यवस्था अस्त व्यस्त

0 19

वीरगञ्ज,०७ असोज । वीरगञ्ज महानगरको मुख्य बजार क्षेत्र जहिले पनि अस्त व्यस्त रहने गरेको छ ।

साघुरो सडक बढदो सवारीका साधनको चापको कारण घण्टौ ट्राफीक जाम लाग्ने गरेको कारण सर्वसाधारण यात्रुले दैनिक सास्ती खेप्नु परिरहेको छ ।

वीरगञ्जको घण्टाघर चौकमा ट्राफीक व्यवस्था नभएको कारण सवारीका साधनहरुको जथाभावी पार्कीगंले गर्दा सवारीका साधनको जाम लाग्ने गरेको छ ।

घण्टाघर देखी माईस्थान चौक हुदै आदर्शनगर सम्म विहान बेलुका ट्राफीक जाम लाग्ने गरेको छ । ट्राफीक जामको कारण सर्वसाधारणका साथै सवारीका साधन चालकहरुले समेत जाममा फसेर सास्ती भोग्न परिरहेको छ ।

बजार क्षेत्रमा ट्राफीक प्रहरीको उपस्थीती नै हुदैन भए पनि केही समयका लागी देखा पर्ने गर्दछन त्यसपछि ट्राफीक प्रहरीको अत्तोपत्तो हुदैन ।

ट्राफीक व्यवस्थापनको लागी नागरिक स्तर बाट पटक पटक आवाज उठदा पनि सम्बन्धीत निकायले वहानावाजी गरेर आलटाल गर्दै आइरहेको छ । जस्ले गर्दा सर्व साधारणले दैनिक समस्या भोग्न परिरहेको छ ।

Leave A Reply

Your email address will not be published.