संबिधान दिवस : सशस्त्र प्रहरीद्वारा राष्ट्रिय झण्डा सहित रिले दौड तथा मन्दिर सरसफाई

0 662

वीरगञ्ज,०२ असोज । संबिधान दिवसको अवसर पारेर सशस्त्र प्रहरीले राष्ट्रिय झण्डा सहितको रिले दौड तथा मन्दिर सरसफाई गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वार्टर राजश्व भन्सार गस्ती सुरक्षा पर्साले राष्ट्रिय झण्डा सहित वीरगञ्ज नगरको विभिन्न भागहरुको परिक्रमा गर्नुको साथै रामजानकी मन्दिरको सरसफाई समेत गरेको हो ।

भन्सार स्थीत गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीको नेतृत्वमा रहेको ३५ जनाको सशस्त्र प्रहरीको राष्ट्रिय झण्डा सहित शुरु भएको रिले दौड रजतज्यन्ती,इदगाह चौक, आदर्शनगर, माइस्थान, घण्टाघर, बसपार्क हुदै नेपाल प्रवेशद्धारको रुपमा रहेको शंकराचार्य गेट अगाडी पुगेर रिले दौड समापन भएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

यसैगरी संबिधान दिवसकै अवसर पारेर शंकराचार्य गेट स्थित रहेको रामजानकी मन्दिरको परिसर लगाएत कम्पाउण्डहरुको पनि सरसफाई गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.