समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निशुल्क आखाँ शिविर सम्पन्न

0 78

वीरगञ्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जानकीटोलामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय जानकीटोला र माट्रिका आई फाउण्डेशनको संयुक्त आयोजनामा जगरनाथपुर गाउपालीका वडा नम्बर २ जानकीटोला स्थित श्री राष्ट्रिय प्राथमीक विधालयमा एक दिने निशुल्क आखाँ शिविर सम्पन्न भएको हो ।

आखाँ शिविरमा स्थानीय ३ सय ५६ जनाले आखाँ चेकजाच गराएका थिए । जसमध्ये पुरुष १ सय ७६ जना र महिला १ सय ८० जना रहेको इलाका प्रहरी कार्यालय जानकीटोलाका प्रमुख प्रहरी नायव निरिक्षक श्यामबाबु यादवले बताउनु भयो ।

निशुल्क आखाँ शिविरमा सहभागी ३ सय ५६ जना मध्ये १ सय ६० जनामा मोतीया बिन्दको समस्या भेटिएको जस्मा पुरुष ७४ र महिला ८६ जना रहेको चेकजाचमा संलग्न माट्रिका आई फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामीले जानकारी दिनु भयो ।

निशुल्क आखाँ शिविरमा माट्रिका आई फाउण्डेशनका मेडिकल कोअर्डिनेटर महेश सिंह धामी सहित ४ जनाको चिकित्सकको टोलीले चेकजाच गरेको थियो ।

आखाँ शिविर कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द कुमार सिंह, इलाका प्रहरी कार्यालय जानकीटोलाका प्रमुख प्रहरी नायव निरिक्षक श्याम बाबु यादव लगाएतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.