सरकारी निर्देशन विपरित भारतिय पशुपंक्षीको आयात

0 43

वीरगञ्ज,०७ असोज । सरकारको निर्देशन विपरित विना पशुको स्वास्थ्य परिक्षण गरि भारतीय पशु नेपाल भित्रिने क्रम जारी रहेको छ ।

नेपाल सरकारले पशुपंक्षीको आयातमा प्ुर्ण रुपले प्रतिबन्ध लगाएको छ भने पशु आयात गर्दा सिमा नाकामा पशुको स्वास्थ्य परिक्षण गराएर मात्र भारत तथा अन्य मुलुकबाट आयात गरिएको पशु नेपाल तर्फ पैठारी गर्न पाइन्छ तर तस्करहरुले सिमावर्ती क्षेत्रमा रहेका स्थानीय प्रहरी चौकी तथा पशु क्वारेन्टाइनका कर्मचारीहरुको मिलोमतोमा भारत तथा अन्य मुलुकबाट आयात गरीएको पशुपंक्षी नेपाल भित्रयाउदै आएका छन ।

भारत संग सिमाना जोडिएका जिल्लाहरुमा निर्वाद रुपले भारतीय पशुपक्षीको आयात र विक्रि वितरण भइरहेको छ भने त्यसरी चोर बाटो प्रयोग गरि आयात गरिएका पशुपंक्षी नेपालको विभिन्न स्थानमा समेत पुर्याउने गरिन्छ ।

अस्वस्थ्यकर पशुपंक्षीको आयात र विक्रि वितरणले गर्दा सर्वसाधारण उपभोक्ताहरु ठगिदै मात्र आएका छैनन माछा मासुको नाममा रोग समेत खरिद गर्ने गरेका छन ।

Leave A Reply

Your email address will not be published.