सशस्त्र प्रहरीको सक्रियता-१ करोड ४४ लाखको समान भन्सार बुझायो

0 130

वीरगञ्ज,२७ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मले एक महिना भित्रको अवधीमा अवैधरुपमा भन्सार छली गरिएको करोडौ रुपैयाको विभिन्न माल समानहरु बरामद गरि भन्सार बुझाएको छ ।

सिमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी एवम सुरक्षा चेकजाचमा कडाईले सिमावर्ती भारतीय शहरबाट अवैधरुपमा चोरी पैठारीका माध्यमले भन्सार छली नेपाल भित्रयाइएको १ करोड ४४ लाख १६ हजार ४ सय २३ रुपैया बराबरको विभिन्न समानहरु बरामद गरि भन्सार दाखीला गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

भदौ महिनाको १ गते देखी २६ गते सम्ममा यस गुल्मबाट खटिएको गाडी मोबाईल तथा डिउटी टोलीले खुला सिमाको फाइदा उठाउदै विभिन्न नाकाहरुबाट अवैधरुपमा भन्सार छली गरेर ल्याइएको चांदी, प्रतिबन्धीत भारतीय नोट, लत्ता कपडा, हार्डवेयर, किराना, मोटरसाईल, कार लगाएतका समानहरु बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

विहिबार मात्रै अवैध रुपमा भन्सार छली नेपाल भित्रयाइएको ३ लाख ५ हजार मुल्य बराबरको लत्ता कपडा र बेवारिसे अवस्थामा रहेको एक थान भारतीय मोटरसाईकल समेत बरामद गरि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

चाड पर्व नजिकिए संगै अवैध रुपमा भन्सार छली गरेर सरकारको राजश्व चुहावट गर्न पल्केकाहरु माथी सशस्त्र प्रहरीले कडा निगरानी राख्नुका साथै सुरक्षा चेकजाचमा व्यापक कडाई गरिएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.