सशस्त्र प्रहरी द्वारा भन्सार छलीका ९ लाखको समान बरामद

0 46

वीरगञ्ज । सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली गरिएको ९ लाख मुल्य बराबरको विभिन्न समानहरु बरामद गरि भन्सार बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेडक्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा पर्साले पर्सा जिल्लाको विभिन्न सिमानाकाहरुबाट अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्रयाइएको विभिन्न समानहरु नियन्त्रणमा लिएको हो ।

भन्सार गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले खुल्ला सिमाको फाइदा उठाउदै विभिन्न नाकाहरुबाट अवैध रुपमा नेपाल भित्रयाइएको ९ लाख मुल्य बराबरको विभिन्न समानहरु बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

बरामद समानहरुमा लत्ता कपडा,हार्डवेयर, भाडाँ बर्तन, मेमोरी काड, मरिच, किराना सामानहरु र ओसार पसारमा प्रयोग गरिएको ना १ ह ९०५ नम्बरको टेम्पु समेत नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नाउव उपरिक्षक खत्रीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.