सशस्त्र प्रहरी द्वारा लागुऔषध तथा बोधिचित्त माला सहित एकजना पक्राउ 

0 48

वीरगञ्ज,०९ असोज । सशस्त्र प्रहरीले प्रतिबन्धीत लागुऔषध तथा भन्सार छली गरिएको बोधिचित्त माला सहित एकजनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ हेडक्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबााट खटिएको डिउटी टोलीले भन्सार अगाडी चेकजाचका क्रममा लागुऔषध तथा बोधिचित्त माला सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालीका वडा नम्बर १० निमेश गल्ली बस्ने ३८ को अशोक बर्तौला रहेका छन ।

सशस्त्र प्रहरीले उनको साथबाट ४२ पीस लागुऔषध डाईजोल्याब,नर्फीन र फेनार्गन बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

त्यसैगरी भन्सार अगाडी चेकजाचकै क्रममा नेपाल बाट भारत तर्फ अवैध रुपमा चोरी निकासी गरी लगीरहेको अवस्थामा ५७ केजी बोधिचित्त माला बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

मालाको बजार मुल्य १ लाख १४ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका बर्तौलालाई थप आवश्यक कार्यवाहीको लागी पर्सा प्रहरीमा बुझाइएको छ भने बेवारीसे अवस्थामा बरामद भएको बोधिचित्त माला वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.