सुरजी देवी माध्यमिक विधालय व्यवस्थापन समितिको अध्यक्षमा गुप्ता सर्वसम्मतले चयन

0 175

वीरगञ्ज,०८ असोज । बीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा रहेको श्री सुरजी देवी माध्यमिक विधालय व्यवस्थापन समितिको अध्यक्ष सर्वसम्मतले चयन गरिएको छ ।

वडा नम्बर १२ का वडा अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षतामा विधालय प्रांगण मै बसेको बैठकबाट सर्वसम्मतले विधालय व्यवस्थापन समितिको अध्यक्षमा अजय कुमार गुप्तालाई चयन गरिएको हो ।

यस अघि पनी गुप्तानै विधालय व्वस्थापन समिति का अध्यक्ष थिए ।

यस विधालयलाई नमुना विधालय बनाउने दिशा तर्फ विधालय व्यवस्थापन समितिका अध्यक्ष गुप्ताको कार्यहरु सराहनीय रहेकोले उनलाई पुनः अध्यक्ष बनाईएको नेकपा पर्साका नेता शम्भु प्र.गुप्ताले बताउनु भयो ।

कार्यक्रममा स्थानीय अगुवा समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.