लागु औषध सहित युवक पक्राउ

0 32

वीरगञ्ज । प्रतिबन्धीत लागुऔषध नाइट्रोभेट सहित एक युवक पक्राउ परेका छन् ।

बीरगन्ज महानगर १५ निवासी २७ वर्षिय इन्द्र मानन्धरलाई प्रहरीले लागुऔषध सहित नियंत्रणमा लिएको हो ।

सिमावर्ती रक्सौल बाट लागु औषध लिएर हेटौडा तर्फ जाने क्रममा गण्डक प्रहरी चौकी अगाडी चेक जांच गर्दा प्रतिबन्धीत औषधी बरामद भएको थियो ।

पक्राउ परेका युवकलाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.